सानिमा लिमिटेडको आईपीओ निष्कासन गर्ने तयारी ,चैत ३१ मा विशेष साधारणसभा
Last updated at 09:58 am
सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
सो कार्यका लागि कम्पनीले विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। गत चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत ३१ गते काठमाडौंको धुम्रबाराहीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजीवृद्धि गर्ने, पूँजीगत संरचना परिवर्तनका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सोही सभाले नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
Visited 23 times, 1 visit(s) today