महाशक्ति सिमेन्टद्वारा आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन
Last updated at 07:19 pm
महाशक्ति सिमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले १ करोड ७८ लाख ५० हजार ८५७ कित्ता आईपीओ निष्कासन गर्न आवेदन दिएको हो ।
अब कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएमा १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।
जसअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई उक्त आईपीओ निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ ।
कम्पनीले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- ६ मा सिमेन्ट उत्पादन गर्दै आएको छ।
Visited 1 times, 1 visit(s) today