धितोपत्र बजारमा साढे ७ अर्ब बराबरको बोनस शेयर सूचीकृत

Last updated at 02:05 pm
चालू आर्थिक वर्ष २०८१/ ०८२ को सात महिनाको अवधिमा धितोपत्र बजारमा साढे ७ अर्ब रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार साउनदेखि माघ महिनाको अवधिसम्ममा ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत भएको हो ।
यसैगरी, समीक्षा अवधिसम्ममा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ, ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर समेत गरेर कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋणपत्र र ८५ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ गरी कुल २१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।