इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन नेपाल धितोपत्र बोर्डको निर्देशन
Last updated at 09:49 am
नेपाल धितोपत्र बोर्ड(सेबोन) ले इन्भेष्टमेन्ट कम्पनीहरूलाई अनिवार्य रुपमा सूचीकृत हुन निर्देशन दिएको छ ।
बोर्डले ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्तापूँजी भएका वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीको हकमा बोर्डलाई नियमकारी निकाय तोक्ने निर्णयअनुसार सूचीकृत हुन भनिएको छ ।
सूचीकृत हुन के–के चाहिन्छ विवरण ? हेर्नुहोस् सूचनामा
Visited 1 times, 1 visit(s) today