नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १ लाख ८४ हजारभन्दा बढीले पाए शेयर
Last updated at 02:44 pm
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।
बुधबार बिहान धितोपत्र निष्कासन बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा गत फागुन ११ गतेदेखि १५ गतेसम्म निष्कासन गरिएको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकबाट २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १८ लाख ६ हजार ७६२ कित्ता सदर भएको र १० हजार ३८६ आवेदन बदर भएको छ । कुल सदर आवेदकबाट २ करोड २२ लाख ७४ हजार ३९० कित्ता शेयरका लागि खरिद आवेदन परेको छ ।
जसमा कुल सदर आवेदनमध्ये १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता शेयर पाएका छन्। बाँकी १६ लाख २२ हजार २६२ सदर आवेदकको हात खाली भएको छ ।
कम्पनीले अकित मूल्य १०० रुपैयाँ दरले १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो ।
कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात् अंकित मूल्य १०० रुपैयाँको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।