माछापुच्छ्रे बैंकको म्युचुअल फन्डमा आवेदन खुला
Last updated at 10:02 am
माछापुच्छ्रे बैंकको कोष प्रबर्द्धनमा सञ्चालन हुने एमबीएल इक्वीटी फन्डमा आवेदन खुलेको छ ।
कुल १२ करोड इकाइ फन्ड निष्कासन हुन लागेको हो । जसमा कोष प्रबर्द्धक बैंक, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याएपछि बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिएको छ ।
अंकित मूल्य १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बन्दमुखी यो योजना नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भइ कारोबारसमेत हुनेछ ।
एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फनड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।अनलाइन प्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिनेछ । छिटोमा फागुन २६ गते र सो अवधिसम्म सबै इकाइ बिक्री नभएमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग छ। क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले आईआरएन एएमसी क्वालिटि ३ रेटिङ्ग प्रदान गरेको छ।