पियोर इनर्जीको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 02:26 pm
पियोर इनर्जी लिमिटेडले आज अर्थात् फागुन २० गतेदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन शुरु गरेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६० हजार कित्ता शेयरमा आयोजना प्रभावितस्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयरका लागि बाँके जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यसैगरी, कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता साधारण शेयरमा बैदेशिक रोजगारीमा रहेका विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजारीमा रहेका नेपालीहरुले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि धितोपत्र निष्कासन बन्द छिटोमा चैत ५ गते हुनेछ भने ढिलोमा चैत २० गते हुनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ५ गतेभित्र आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।