अर्थसचिव तुहिनकान्त पाण्डे बने सेबी प्रमुख
Last updated at 07:54 am
भारतीय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड (सेबी) को नयाँ प्रमुखमा तुहिनकान्त पाण्डे नियुक्त भएका छन् ।
भारत सरकारले वर्तमान अर्थसचिवसमेत रहेका पाण्डेलाई सेबीको अध्यक्षमा नियुक्त गरेको घोषणा गरेको हो । अब उनले अध्यक्ष माधवी बुचको स्थानमा जिम्मेवारी सम्हाल्ने छन् ।उनको कार्यकाल तीन वर्षको हुने छ।
वर्तमान सेबी अध्यक्ष माधबी पुरी बुचको कार्यकाल २८ फरबरीमा समाप्त समाप्त भएको छ ।उनले भने २ मार्च सन् २०२२ मा अध्यक्षको पदभार सम्हालेकी थिइन् । बुच सेबीको पहिलो महिला प्रमुख बनेकी थिइन्।
भारतको धितोपत्र बजार हाल ओरालो यात्रामा छ । सेबी प्रमुख बुचको कार्यकाल हिन्डेनबर्ग रिसर्चको शेयर घोटालाबारे रिपार्ट सार्वजनिक भएपछि अत्यन्त विवादास्पद बनेको थियो ।एजेन्सीहरु
Visited 1 times, 1 visit(s) today