पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ
Last updated at 07:37 pm
पल्लभी लुब्रिकेन्टस् लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । कम्पनीले सो कार्यका लागि शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको हो।
बिहीबार भएको सो सम्झौतापत्रमा कम्पनीको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानीको उपस्थिथि थियो ।
विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँट सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा आईपीओ सार्वजनिक निष्कासन गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ ।
उक्त कम्पनीले विगत चार वर्षदेखि मोरङ जिल्लाको कटहरी गाउँपालिका ४ मा केन्द्रीय कार्यालय र प्लान्ट (उद्योग) बाट करिब ३० वटा वस्तु उत्पादन गर्दै आएको छ । उक्त कम्पनीमा करिब ४० जना कर्मचारीहरुले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।
उक्त कम्पनीबाट उत्पादित वस्तुहरुमा GOODRIDE SUPER SJ SAE 20W-40 API SJ, GOODRIDE 4T SAE 20W-40 API SL, GOODRIDE SCOOTY QUEEN SAE 10W-30 API SL, GOODRIDE 2T आदी छन् ।