सुनको मूल्य कीर्तिमानी उचाइमा, तोलामा ७ हजार ४०० रुपैयाँ बढ्यो
Last updated at 01:30 pm
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको छ ।
वडादशैंको बिदापछि रोकिएको सुनचाँदी मूल्य हालसम्मकै महंगो भएको हो ।गत असोज १२ गतेपछि पहिलोपटक मूल्य निर्धारण हुँदा आइतबार सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि गत असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँ थियो । आजको सुनको मूल्य अहिलेसम्मकै धेरै हो ।
यसैगरी,चाँदीको मूल्य पनि बढेको छ । गत असोज १२ गते चाँदीको मूल्य तोलाको २ हजार ८१० रुपैयाँ रहेकोमा यो दिन बढेर प्रतितोला २ हजार ९३० रुपैयाँ पुगेको छ ।
Visited 5 times, 1 visit(s) today