हिमालयको पोखरा–ल्हासा नियमित उडान आजदेखि शुरु
Last updated at 07:17 am
निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले आज अर्थात् सोमबारदेखि पोखरा – ल्हासा उडान गर्ने भएको छ ।
नेपालको पर्यटन राजधानी पोखरास्थित अन्तरराष्ट्रिय विमानस्थलमा सोमबारदेखि नियमित उडान (सेड्युल फ्लाइट) हुन लागेको हो ।
यस विमानस्थलमा हिमालय एयरलाइन्सले चीनको ल्हासाका लागि नियमित उडान गर्न लागेको हो । यसअघि सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ । नियमित उडान गर्नेमा हिमालय पहिलो वायुसेवा कम्पनी बन्दैछ ।
कम्पनीका अनुसार हिमालयको नियमित उडानको जहाज सोमबार पोखरा अवतरण गर्ने छ । पोखराबाट ल्हासा भने मंगलबार मात्र उड्ने छ । यस रुटमा हिमालयले सातामा एक उडान गर्ने छ । यात्रु चाप बढ्दै जाँदा उडान थप हुने जनाइएको छ ।
Visited 2 times, 1 visit(s) today