स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको अध्यक्षमा रंगनाथन,लिए पद तथा गोपनीयताको शपथ
Last updated at 11:09 am
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको अध्यक्षमा वेणुगोपाल रंगनाथन नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले रंगनाथनलाई चैत ८ गतेदेखि लागू हुने गरी अध्यक्ष नियुक्त गरेको हो । उनले आइतबार नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर नीलम ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सन् २००७ देखि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा आबद्ध रंगनाथनसँग बैंकिङलगायत विभिन्न क्षेत्रको ३२ वर्षको कार्यानुभव छ ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनले यसअघि भारतमा रहेर भारतसहित बंगलादेश, श्रीलंका र नेपालका लागि चिफ रिस्क अफिसरका रूपमा काम गरेका थिए ।
Visited 1 times, 1 visit(s) today