पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ नियुक्त
Last updated at 10:58 am
पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा प्रकाश गुरुङलाई नियुक्त गरेको छ । गत फागुन २६ गते बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गत माघ २३ मा बसेको सञ्चालक समितिले तत्कालीन प्रमुख कार्यकारी अधिकृत रवि गुरुङलाई पदमुक्त गरेको थियो ।
त्यसपछि रिक्त प्रमुख कार्यकारी अधिकृतमा स्याङ्जाको पुतलीबजार स्थायी ठेगाना भएका गुरुङ नियुक्त भएका हुन् । हाल ग्रिन डेभलपमेन्ट बैंकका डेपुटी सीईओ रहेका उनले १ चैतदेखि कम्पनीको व्यवस्थापकीय नेतृत्व सम्हाल्नेछन् ।
उक्त कम्पनीको निष्कृय कर्जा बढ्दै गएर कर्जा नोक्सानी व्यवस्था उच्च गर्नुपर्दा उच्च सञ्चित नोक्सानी छ । जसले गर्दा पूँजीकोष नै ऋणात्मक छ।
Visited 1 times, 1 visit(s) today