सांग्रिला क्विजमा सञ्जुकुमारी र सुकीर्ति पहिलो

Last updated at 07:33 am
सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको सांग्रिला क्विज- २०८१ सम्पन्न भएको छ ।
काठमाडौंमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्री राउन्ड’मा सहभागी १० टोलीमध्ये काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो बनेका छन् ।
यसैगरी,सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भएका छन् । पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६० हजार तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
कार्यक्रममा विजेतासहित कन्ट्री राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई कम्पनीका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।
कन्ट्री राउन्डमा इटहरी, काठमाडौं, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगन्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धी थिए ।