एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न,अग्राधिकार शेयर निष्कासन गर्ने
Last updated at 06:35 pm
एनआईसी एशिया बैंकको २७ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।
काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले प्रतिशेयर १०० रूपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, सोही सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै सभाले प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
Visited 1 times, 1 visit(s) today