एआई र मेसिन लर्निङसम्बन्धी ह्याकाथन आयोजना गर्ने तयारीमा ग्लोबल आइएमई बैंक
Last updated at 10:45 am
ग्लोबल आइएमई बैंकले पहिलोपटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई–एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ ।
कम्पनीले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नविनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न लागेको बताएको छ।
यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौतीको समाधान खोज्नसमेत सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले कम्पनीले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिने कम्पनीको भनाइ छ।
डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।प्रतियोगितामा सहभागिता हुन इच्छुकहरुले कम्पनीको वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।
पहिलो चरणको लागि प्रतियोगिहरुले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुत गर्नुपर्नेछ । साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।