एनसेलको ‘म्याजिक रिसोर्सेस’ बोनस अफर, ८ जीबीसम्म बोनस डेटा पाइने
Last updated at 08:03 am
दूरसञ्चार सेवा प्रदायक एनसेलले ग्राहकका लागि अब कुनै पनि प्याक किन्दा निःशुल्क बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्ने गरी अफर ल्याएको छ ।
‘म्याजिक रिसोर्सेस’ बोनस अफर अन्तर्गत, ग्राहकले रिन्युअल प्याक तथा अन्य प्रडक्ट खरिद गर्दा ८ जीबीसम्म डेटा वा २ सय मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्नेछन् ।
यो अफर बिहीबारदेखि लागू भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्युअल प्याक हालैमात्र सञ्चालनमा ल्याएपछि कम्पनीले यो बोनस अफर ल्याएको जनाएको छ । यो बोनस अफर एस्ट्रिक्स १२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकका लागि मात्र मान्य हुनेछ ।
म्याजिक रिसोर्सेस बोनस अफर अन्तर्गत सधैं अन रिन्युअल प्याक, होम एन्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याक खरिद गर्ने ग्राहकले बोनस सुविधा प्राप्त गर्न सक्नेछन् ।
उदाहरणका लागि ७९९ रुपैयाँको होम एन्ड अवे रिन्युअल प्याक लिने ग्राहकले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटाबाहेक ८ जीबी डेटा वा २ सय मिनेट अन–नेट टक टाइम वा २०० मिनेट अन–नेट एसएमएस बोनस प्राप्त गर्दछन् ।
यस अफर अन्तर्गत समावेश सधैं अन रिन्युअल प्याकमा प्याक अनुसार ग्राहकले ५ जीबीदेखि ७।५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।
त्यसैगरी सात दिन समयसीमा रहेको २०० मिनेटको कम्बो प्याकमा ग्राहकले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस बापत २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम वा १० अन–नेट एसएमएस प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै ४९९ रुपैयाँको अनलिमिटेड भ्वाइस रिन्युअल प्याकमा ग्राहकले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम वा १०० मिनेट अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
बोनस स्वरूप पाइने यी सेवा सुविधाले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा ग्राहकलाई थप लाभ मिल्ने विश्वास कम्पनीको छ ।