उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेल सम्मानित
Last updated at 09:37 am
दूर सञ्चार सेवा प्रदायक एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स-२०२४’ बाट सम्मानित भएको छ ।
हालै काठमाडौंमा आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाएको हो ।
यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्शाएको बताएको छ । कम्पनीका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।
कम्पनीका अनुसार यो अवार्ड आफूले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान भएको र व्यवसाय सञ्चालनका लागि सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण पनि भएको बताएको छ। यसका साथै कम्पनीले सधैं कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध रहेको र यसले नेपालको व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्ने पनि बताएको छ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान गरेको बताएको छ ।
यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा २ अर्ब रुपैयाँभन्दा बढीका परियोजनाहरु सञ्चालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको पनि बताएको छ ।