यूएईबाट बोतिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा बोनस पाउने अफर
Last updated at 06:58 pm
डिजिटल वालेट आइएमई पे ले यूएईबाट बोतिममार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
बोतिम एमार्फत यूएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले यूएईमा रहेका नेपालीमा थप उत्साहका साथै सहयोग गर्ने विश्वास कम्पनीले राखेको छ ।
फागुन १५ गतेदेखि आगामी चैत १५ गतेसम्म लागू हुने यो अफर अन्तर्गत १० हजार रुपैयाँ वा त्योभन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।
आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समयदेखि सेवा दिंदै आएको छ।