एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा
Last updated at 05:27 pm
दूरसञ्चार सेवा प्रदायक एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याक किन्दा ग्राहकले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।
आइतबारदेखि शुरु भई चैत ९ गतेसम्म सञ्चालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् । यसरी छानिएका प्याकमा सधैं अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड छन् ।
सधैं अनका प्याकका प्याक अनुसार ग्राहकले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् ।
शुरुवातमा एनसेल एपको विषेश अफरका रूपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागू भएको हो ।
उदाहरणका लागि खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।
खल्तीसँगको यो साझेदारीले ग्राहकलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरूका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । यसका अतिरिक्त एनसेलले हरेक शनिबार एनसेल एपमा सञ्चालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ ।
एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकले बोनसका साथै फागुन २४ गतेसम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छूट प्राप्त गर्न सक्छन् ।