सिटिजन्स बैंकका ग्राहकलाई बाईकर्स क्याफेमा १५%सम्म छूट
Last updated at 06:59 pm
सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफे बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बाईकर्स क्याफेमा १५प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको कम्पनीले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ । यसका साथै कम्पनीले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिब १८ लाख ५० हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।