एचआईडीसीएलको सीईओमा प्रजेश विक्रम थापा नियुक्त
Last updated at 10:44 am
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा प्रजेश विक्रम थापा नियुक्त भएका छन् ।
कम्पनीको सीईओ छनौट समितिको सिफारिस बमोजिम कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले थापालाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी पेशाले मेकानिकल इन्जिनियर पनि हुन् । उनले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन् भने भारतको जयपुरस्थित एमएनआईटीबाट मेकानिकल इन्जिनियरिङमा ब्याचलर गरेका छन्।
उनीसँग मध्य मर्स्याङ्दी जलविद्युत कम्पनीमा सात वर्ष ११ महिना र सान्जेन जलविद्युत कम्पनीमा सात वर्ष १० महिना काम गरेको अनुभव छ। उनी विगत सात वर्षदेखि चिलिमेको सहायक कम्पनी चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) मा आवद्द थिए ।
सीइओको कार्यकाल ४ वर्षको हुने छ।
यसअघिका सीईओ अर्जुन कुमार गौतमको कार्यकाल पुरा भइसकेपछि कम्पनीमा सीईओ पद रिक्त थियो।