नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त
Last updated at 11:31 am
नबिल बैंकले कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ । कम्पनीले उनलाई कामु सीईओमा बढुवा गरेको हो ।
कम्पनीले सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले मंगलबारमात्रै पदबाट राजीनामा दिएपछि कामु सीईओमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
ज्ञवाली यसअघि सोही कम्पनीमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
Visited 3 times, 1 visit(s) today