उन्नति सहकार्य लघुवित्तको सीईओमा गोविन्द वाग्ले नियुक्त
Last updated at 10:27 am
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा गोविन्द वाग्लेलाई नियुक्त गरेको छ ।
गत चैत ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वाग्लेलाई नयाँ सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले आगामी चार वर्षका लागिउनलाई सीईओमा नियुक्त गरेको बताएको छ।
यसअघि कम्पनीको सीईओमा प्रेमबहादुर पाठक थिए ।उनले पदबाट राजीनामा दिएपछि नारायण अधिकारी कामु सीईओ थिए ।
Visited 3 times, 1 visit(s) today