एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे, ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषे अनुभव
Last updated at 08:07 am
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले सीईओको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको दुई कार्यकाल फागुन मसान्तमा सकिंदैछ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (वाफिया) को व्यवस्था अनुसार एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन ।
घिमिरे सन् २००९ देखि नै बैंकमा आबद्ध छन् । १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर शुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानूनमा स्नातक गरेका छन् ।
उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् । उनी एनएमबी बैंकमा ११ असोज २०७९ देखि नायब प्रमुख कार्यकारि अधिकृतमा कार्यरत छन् ।
बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिस्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ । उपाध्याय पनि घिमिरेसँगै ११ असोज २०७९ मा नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए ।
उपाध्याय पनि विगत नौ वर्षदेखि सोही बैंकमा कार्यरत छन् ।