सन् २०२५ मा विश्वव्यापी वृद्धिको पूर्वानुमानमा आईएमएफद्वारा २.८% गिरावट
Last updated at 07:16 am
बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२५ मा आफूले पहिले गरेको विश्वको वृद्धिको पूर्वानुमानलाई २ दशमलव ८ प्रतिशतमा झारेको छ । यो गत जनवरीमा गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ५ प्रतिशतले कमी हो ।
अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि लागू गरिएको विश्वव्यापी ट्यारिफका कारण यस्तो अनुमान उसले सार्वजनिक गरेको हो । संयुक्त राज्य अमेरिकाले विभिन्न समयमा नयाँ ट्यारिफका दरहरु लागू गरेको र उसका व्यापारिक साझेदारहरूद्वारा प्रतिरोधात्मक उपायहरूको श्रृंखला घोषणा र कार्यान्वयन गर्न शुरु गरिएको छ ।
आईएमफले आफ्नो पूर्वानुमान अन्तर्गत विश्वव्यापी वृद्धि सन् २०२५ मा २ दशमलव ८ प्रतिशत र सन् २०२६ मा ३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । सन् २०२५ मा यूरो क्षेत्रको वृद्धि शून्य दशमलव ८ प्रतिशत हुने अनुमान छ । जुन जनवरीको पूर्वानुमानभन्दा शून्य दशमलव २ प्रतिशतले कम हो ।
सन् २०२५ मा उन्नत अर्थतन्त्र भएका मुलुककहरुको आर्थिक वृद्धि १ दशमलव ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जबकि उदीयमान बजार र विकासशील अर्थतन्त्र भएका मुलुकहरुको वृद्धि ३ दशमलव ७ प्रतिशतले सुस्त हुने अपेक्षा छ ।एजेन्सीहरु