चालू आवको ७ महिनामा भित्रियो ९ खर्ब रेमिट्यान्स
Last updated at 10:09 am
चालू आर्थिक वर्ष २०८१/ ०८२ को सात महिनाको अवधिमा मुलुकमा ९ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय स्थिति विवरणअनुसार साउनदेखि माघ मसान्तसम्मको अवधिमा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
गत आवको यसअवधिको तुलनामा यो ७ दशमलव ३ प्रतिशतले बढी हो । माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ थियो ।