भिसा र फोनपे बीच रणनीतिक साझेदारी, सीमापार भुक्तानीलाई सुरक्षित र सहज बनाउने
Last updated at 08:02 pm
क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न ‘स्क्यान टु पे’ सुविधा शुरु गर्न भुक्तानी नेटवर्क फोनपेले भिसासँग सहकार्य गरेको छ ।
यसप्रकारको
सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तरराष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा छ ।
भिसा र फोनपेको यो ‘स्क्यान टु पे’ सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीले बताएको छ । अन्तरराष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन् । उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं ।’
यसैगरी, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारी फोनपेको क्यूआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताएका छन् ।