मौद्रिक नीतिको समीक्षा: शेयर धितोकर्जाको जोखिम भार घट्यो [पूर्ण पाठ]
Last updated at 08:15 am
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा कायम गरेको छ ।
नवनियुक्त गभर्नर प्राडा विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत शेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई १०० मा झारेका हुन् ।यसअघि केन्द्रीय बैंकले पूँजीबजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो ।
हालसम्म शेयर धितोबापत कर्जा प्रवाह गर्दा १२५ प्रतिशतसम्म पूँजीमा जोखिम गणना गर्नुपर्ने व्यवस्था थियो । तर, उक्त दर १०० प्रतिशतसम्म झारेसँगै आगामी दिनमा जोखिमभार कम हुने भएपछि पूँजीको दायित्व कम भएर शेयर धितो कर्जा प्रवाह बढाउन मद्दत मिल्नेछ । यो व्यवस्थाले शेयर धितो बैंकबाट कर्जा लिन चाहने लगानीकर्तालाई सहज भएको छ भने बैंकले प्रवाह गर्ने शेयर कर्जा थप बढ्ने आकलन छ ।
केन्द्रीय बैंकको पछिल्लो कदमप्रति अधिकांश लगानीकर्ताहरुले राम्रो काम भएको बताएका छन्। उनीहरुले लामो समयदेखिको माग पूरा भएको पनि भनेका छन् । साथै उनीहरुले शेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्ने घोषणाले लगानीकर्ताको मनोबल बढाउने र आगामी दिनदेखि बजार बढ्ने बताएका छन् ।
पढ्नुहोस् पूर्णपाठ: