समता घरेलु लघुवित्तको लाभांश घोषणा,बोनस कति ?
Last updated at 01:01 pm
समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/ ०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३१५७९० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।गत पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले सो लाभांश पारित गर्नेछ।हाल कम्पनीको चुक्तापूँजी ५९ करोड९० लाख ९६ हजार ७२८ रुपैयाँ छ ।
Visited 18 times, 1 visit(s) today
