समता घरेलु लघुवित्तले कमायो ८ करोड ४९ लाख नाफा
Last updated at 11:00 am
समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीकोे उक्त अवधिमा खुद नाफा २४० दशमलव ९१ प्रतिशतले बढेको छ । सो अवधिमा कम्पनीले ८ करोड ४९ खुद नाफा कमाएको छ । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफामा टेवा पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७३ दशमलव ७५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११२ दशमलव ३६ प्रतिशतले बढेको छ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन मुनाफा ७४ दशमलव ६१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३७ दशमलव ९४ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज ५० लाख रुपैयाँमा सीमित हुन पुगेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
यसैगरीप, कम्पनीको रिजर्भ कोषमा २२ करोड २४ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा छ भने मूल्य आम्दानी अनुपात ७० गुणा छ।
कम्पनीको चुक्तापूँजी ६२ करोड ९० लाख छ । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २५ रुपैयाँ छ ।