आरम्भ चौतारी लघुवित्तको नाफामा वृद्धि, यस्ता छन् अन्य सूचक
Last updated at 07:18 pm
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणसो अवधिमा कम्पनीको नाफा उल्लेख्य रुपमा बढेको छ।
उक्त अवधिमा कम्पनीले ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो आवको अन्त्यसम्ममा ६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढ्नुका साथै इम्पेरमेन्ट चार्ज रिभर्स भएकाले खुद नाफामा टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३१ दशमलव ८९ प्रतिशत र अन्य सञ्चालन आम्दानी पनि २६ दशमलव ७५ प्रतिशतले बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ३१ दशमलव ९२ प्रतिशत छ भने सञ्चालन मुनाफा पनि ९३६ दशमलव १३ प्रतिशतले बढेको छ। यसैगरी, कम्पनीले २ करोड ३८ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स छ। जसले गर्दा कम्पनीको सञ्चालन मुनाफा र खुद नाफामा टेवा पुगेको देखिन्छ।
कम्पनीको रिजर्भ कोषमा २० करोड ६२ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले गत आवको अन्त्यसम्ममा ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ३१ करोड ५२ रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४२ दशमलव २८ गुणा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा छ।
कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २२० रुपैयाँ छ ।