सपोर्ट लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि
Last updated at 06:33 am
सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ।
जसअनुसार उक्त अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४० दशमलव ६३ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद नाफा र सञ्चालन मुनाफा बढेकाले कम्पनीको खुद नाफा बढ्नमा टेवा पुगेको देखिन्छ।समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६२ दशमलव ९७ प्रतिशत र अन्य सञ्चालन आम्दानी पनि २७ दशमलव ५५ प्रतिशतले बढेको देखिन्छ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी पनि ५५ दशमलव ६८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २०९ दशमलव ५९ प्रतिशतले बढेको छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ८ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ सापटी तथा ४६ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको मूल्य आम्दानी अनुपात ५५ दशमलव २२ गुणा छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६२ पैसा छ। यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी ४१ दशमलव ८१ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी १२ करोड २४ लाख रुपैयाँ छ । साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार ४१० रुपैयाँ छ ।