गुराँस लघुवित्तको नाफामा वृद्धि, यस्तो छ अन्य सूचक
Last updated at 09:43 am
गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ।
उक्त वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८९ दशमलव ९६ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिमा कम्पनीले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले खुद नाफामा टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५९ दशमलव ७४ प्रतिशतले बढेको छ। यसैगरी, उक्त अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४२ दशमलव १६ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्ममा कम्पनीको खराब कर्जा २ दशमलव ९१ प्रतिशतमा सीमित छ।
कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा छ भने मूल्य आम्दानी अनुपात ६४ दशमलव ७८ गुणा छ । यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७९ गुणा छ।
कम्पनीको रिजर्भ कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले समीक्षा अवधिसम्ममा१ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी लिएर र ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेर कुल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको चुक्तापूँजी ११ करोड ५८ लाख रुपैयाँ छ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ हजार २८५ रुपैयाँ छ ।