तेस्रो त्रैमासमा साना किसान लघुवित्तको नाफामा सामान्य वृद्धि
Last updated at 01:49 pm
साना किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलना १ दशमलव ९६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ छ ।कम्पनीको यस्तो आम्दानी ११ दशमलव २६ प्रतिशतले घटेको देखिन्छ। साथै त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७९ करोड १७ लाख रुपैयाँ छ भने वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ छ ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ८८ करोड ८८ लाख रुपैयाँ निक्षेप गरेर र २० अर्ब ५९ करोड सापटी लिएर ३२ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यस्तै, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८५ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३१ दशमलव ७१ रुपैयाँ छ ।कम्पनीको चुक्तापूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ छ ।
साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८०० रुपैयाँ छ ।