उन्नति सहकार्य लघुवित्तले कमायो ३ करोड ७९ लाख
Last updated at 02:48 pm
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिसम्ममा कमपनीकोखुद नाफामा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २८४ दशमलव ९७ प्रतिशतले बढेर ३ करोड ७९ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ९८ लाख ५४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफामा टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८ दशमलव ५६ प्रतिशतले बढेर १८ करोड ९३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तो आम्दानी गत आवको सोही अवधिमा १२ करोड ७४ लाख ५७ हजार रुपैयाँ थियो । यसैगरी, सोही अवधिसम्ममा सञ्चालन नाफा पनि २८४ दशमलव ९७ प्रतिशतले बढेर ३ करोड ७९ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४९ पैसा छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ १५ पैसा छ । कम्पनीको चुक्तापूँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८०० रुपैयाँ छ ।