२४३% ले बढ्यो सूर्योदय वोमी लघुवित्तको नाफा
Last updated at 02:41 pm
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीले ७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत आवको सोहि अवधिको तुलनामा २४३ दशमलव शून्य ६ प्रतिशत बढी हो । गत आवको सोहि अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ दशमलव २९ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिमा ४८ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। यसैगरी, कम्पनीले खुद शुल्क तथा कमिशन आम्दानीतर्फ ९ करोड ९९ लाख आर्जन गरेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद सञ्चालन आम्दानी ५५ करोड ५० लाख रुपैयाँ छ। कम्पनीको रिजर्भ कोषमा ४० करोड ६३ लाख रुपैयाँ सञ्चित । चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ३९ करोड निक्षेप संलकन गरेर ११ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ५ दशमलव २६ प्रतिशत छ । यसैगरी, कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ४६ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४० दशमलव १६ रुपैयाँ छ । यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ७५ दशमलव ९७ गुणा र तरलता अनुपात ४ दशमलव ४२ प्रतिशत छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ६२ लाख ८६ हजार रुपैयाँ छ ।