श्रृजनशील लघुवित्तको नाफा घट्यो,यस्ता छन् अन्य सूचक
Last updated at 07:08 am
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले उक्त अवधिमा २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो गत आवको सोही अवधिको तुलनामा २ दशमलव ७५ प्रतिशतले कम हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले २ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ७८ लाखबाट बढेर १० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।कम्पनीको अन्य सञ्चालन आम्दानी ५ करोड ८ लाखबाट घटेर २१ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको खराब कर्जा ९ दशमलव ५८ प्रतिशत पुगेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको रिजर्भ कोषमा ११ करोड २४ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) २८ दशमलव ९१ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २२९ दशमलव ७३ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ छ ।साताको चौथो कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ९४० रुपैयाँ छ ।