फरवार्ड माइक्रोफाइनान्सको नाफा घट्यो, यस्ता छन् अन्य सूचक
Last updated at 07:08 am
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अघिल्लो आवको तुलनामा ६८ दशमलव ९६ प्रतिशतले कम हो ।अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी शून्य दशमलव ३९ प्रतिशतले बढेको देखिन्छ ।
यसैगरी, कम्पनीले उक्त अवधिसम्ममा ८८ करोड १७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेर १२ करोड ६६ लाख रुपैयाँमा सीमित छ ।
कम्पनीको रिटेन्ड अर्निङमा १२ करोड ४० लाख रुपैयाँ छ । यसैगरी, कम्पनीको रिजर्भ कोषमा १ अर्ब ४४ करोडबाट बढेर १ अर्ब ७१ करोड रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीले ९ अर्ब ७१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेर २० अर्ब ८२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
यसैगरी,वितरणयोग्य मुनाफा १२ करोड ४० लाख रुपैयाँ छ । त्यस्तै खराब कर्जा अनुपात ५ दशमलव ८५ प्रतिशत छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव शून्य ३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २५३ दशमलव ६२ रुपैयाँ छ । यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात २८७ दशमलव ५८ गुणा छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ७६ रुपैयाँ छ ।