जीवन विकास लघुवित्तको नाफा साढे ३५ करोड
Last updated at 07:17 am
जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपष्किृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा ३३ दशमलव ४५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले ३५ करोड ५६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले २६ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले कम्पनीको खुद नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ४४ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यसैगरी, सोही अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ३३ दशमलव ४५ प्रतिशतले बढेर ५० करोड ८१ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ दशमलव ९२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४२ दशमलव ६८ रुपैयाँ छ ।त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी ३० दशमलव ८७ रुपैयाँ छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ छ । साताको तेस्रो कारोबार दिन सोमबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २८३ रुपैयाँ छ ।