तेस्रो त्रैमासमा कालिका लघुवित्तको नाफा बढ्यो
Last updated at 07:24 am
कालिका लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा १११ दशमलव ६७ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
उक्त अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले कम्पनीको खुद नाफामा टेवा पुगेको देखिन्छ ।समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८ दशमलव ७१ प्रतिशतले बढेको छ भने अन्य सञ्चालन आम्दानी पनि ३१ दशमलव ३३ प्रतिशतले बढेको देखिन्छ।
यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी ४६ दशमलव १२ प्रतिशत र सञ्चालन मुनाफा १११ दशमलव ४३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको रिभर्ज कोषमा ३१ करोड २२ लाख रुपैयाँ सञ्चित छ।
यसैगरी, कम्पनीले उक्त अवधिसम्ममा ४ अर्ब २५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन गरेर र सापटीलिएर ४ अर्ब ६८ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ६८ लाख रुपैयाँ छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा छ भने मूल्य आम्दानी अनुपात ४६ दशमलव ८५ गुणा छ।कम्पनीको चुक्तापूँजी ४० करोड ७६ लाख रुपैयाँ छ। साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७४ रुपैयाँ ९० पैसा छ ।