मातृभूमि लघुवित्तले एफपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन
Last updated at 10:27 am
मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।
जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेवोन) मा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ११ लाख ४९ हजार ९८२ दशमलव ५९८ कित्ता शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ ।
साविक किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्ज भएर मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट हाल उक्त कम्पनी धितोपत्र बजारमा सूचीकृत छ ।
Visited 6 times, 1 visit(s) today