सिवाईसी नेपाल लघुवित्तको नाफामा ९९.४५ % को वृद्धि, यस्ता छन् अन्य सूचक
Last updated at 07:20 pm
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९९ दशमलव ४५ प्रतिशतले धेरै हो ।
अघिल्लो आवको सोहि अवधिसम्ममा कम्पनीले २ करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।समीक्षा अवधिमा कम्पनीले खुद ब्याज आम्दानी वापत २९ करोड २२ लाख रुपैयाँ कमाएको ।
यसैगरी,कम्पनीको खुद सञ्चालन आम्दानी पनि १९ दशमलव ७० प्रतिशतले बढेर ३१ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन खर्च पनि २३ करोड ५ लाख रुपैयाँबाट बढेर २४ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन मुनाफा ७ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।कम्पनीको रिटेन्ड अर्निङ बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ३८ करोड २२ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन र सापटी लिएर ५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसैगरी, समीक्षा अवधिसिम्ममा कम्पनीको खराब कर्जा अनुपात बढेर ८ दशमलव ४९ प्रतिशत पुगेको छ । त्यस्तै, कम्पनीको वितरणयोग्य मुनाफा ४ करोड ३२ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानी(ईपीएस) २७ दशमलव ९६ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २६८ दशमलव ५१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५६ दशमलव ९९ गुणा छ ।
कम्पनीको चुक्तापूँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ छ।बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ६२० रुपैयाँ छ ।