फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, यस्तो छ अन्य सूचक
Last updated at 11:13 am
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा घटेको छ।
समीक्षा अवधिमा कम्पनीले ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ४५ दशमलव ७७ प्रतिशतले कम हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेकाले खुद नाफा घट्न पुगेको देखिन्छ। कम्पनीको खुद ब्याज आम्दानी ३७ दशमलव ९४ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ८० दशमलव ४७ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ४० दशमलव ५९ प्रतिशत र सञ्चालन मुनाफा ४५ दशमलव ९४ प्रतिशतले घटेको छ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा छ।
यसैगरी, समीक्षा अवधिसम्ममा कम्पनीको रिजर्भ कोषमा ३५ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले ५ अर्ब ४० करोड ९४ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७२ पैसा छ भने मूल्य आम्दानी अनुपात १०८ दशमलव ६७ गुणा छ।कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड रुपैयाँ छ।
मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७३७ रुपैयाँ छ ।