डिप्रोक्स लघुवित्तको नाफा बढ्यो,यस्ता छन् अन्य सूचक
Last updated at 10:21 am
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको छ।
कम्पनीले चैत मसान्तसम्ममा ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ७० दशमलव ८१ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी बढेकाले कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ।समीक्षा अवधिमा कम्पनीका खुद ब्याज आम्दानी ५२ दशमलव ३५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ दशमलव ६९ प्रतिशतले घटेको छ। त्यस्तै,कम्पनीको सञ्चालन मुनाफा ६८ दशमलव ८२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ८४ पैसा पुगेको छ। यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात २५ दशमलव १७ गुणा छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा छ।
त्यस्तै, कम्पनीको वितरणयोग्य मुनाफा ३६ करोड १६ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ।
चैत मसान्तसम्ममा कम्पनीको रिजर्भ कोषमा १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।
त्यस्तै, कम्पनीले समीक्षा अवधिसम्ममा २२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन तथा सापटी लिएर २५ करोड १ लाख ९८ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ छ ।