तेस्रो त्रैमासमा आत्मनिर्भर लघुवित्तले कमायो २ करोडभन्दा बढी नाफा
Last updated at 05:38 pm
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
जसअनुसार उक्त अवधिमा कम्पनीले २ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६८ दशमलव ९३ प्रतिशत धेरै हो ।
गत आवको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ६४ लाखबाट बढेर ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कम्पनीको रिजर्भ कोषमा २० करोड रुपैयाँ सञ्चित छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी २७ दशमलव ४ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ ३५५ दशमलव ३ रुपैयाँ छ । समीक्षा अवधिसम्ममा कम्पनीको खराब कर्जा १५ दशमलव शून्य ८ प्रतिशत पुगेको छ ।
कम्पनीले तेस्रो त्रैमाससम्ममा १९ करोड ९५ लाख रुपैयाँ सापटी लिएको छ भने १ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ।यसैगरी,कम्पनीले सोही अवधिसम्ममा ९४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
कम्पनीको चुक्तापूँजी ७ करोड ८३ लाख रुपैयाँ छ।यो कम्पनीको शेयरमूल्य लघुवित्त समूह मध्ये सबैभन्दा महँगो छ । सोमबार बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ हजार ३०० रुपैयाँ छ ।