मेरो माइक्रोफाइनान्सले बढायो नाफा, यस्ता छन् अन्य सूचक
Last updated at 10:16 am
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ। जसअनुसार सो अवधिसम्ममा कम्पनीले १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आवको तुलनामा ४ दशमलव ४५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले नाफा बढ्न टेवा पुगेको देखिन्छ। त्यस्तै कम्पनीले चैत मसान्तसम्ममा ७३ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २१ दशमलव १७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्ममा कम्पनीले ६० करोड ९२ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको खराब कर्जा ९ दशमलव ४९ प्रतिशत छ ।कम्पनीको सञ्चालन नाफा भने ५ प्रतिशतले बढेर १८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले यस्तो नाफा १७ करोड ५८ लाख रुपैयाँ थियो । यसैगरी, कम्पनीको रिजर्भ कोषमा ७६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।
त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी १२ दशमलव १५ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५२ दशमलव ९१ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४१ करोड रुपैयाँ छ ।