हिमालयन लघुवित्तको नाफामा उल्लेख्य सुधार, अन्य सूचकमा पनि प्रगति
Last updated at 07:27 pm
हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिसम्ममा कम्पनीको खुद नाफा उल्लेख्य बढेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३६९ दशमलव ३४ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा भने कम्पनीले यस्तो नाफा १ करोड १३ लाख रुपैयाँ कमाएको थियो।
खुद ब्याज आम्दानी बढेकाले कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ । यसैगरी, समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५३ दशमलव शून्य ७ प्रतिशतले बढेको देखिन्छ भने खुद फि तथा कमिशन आम्दानी पनि २१ दशमलव ७९ प्रतिशतले बढेको छ। यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ४३ दशमलव शून्य ५ प्रतिशत र सञ्चालन मुनाफा ३६९ दशमलव ७६ प्रतिशतले बढेको छ।
त्यस्तै अघिल्लो आवमा ६५ लाख ४६ हजार रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिटेन्ड अर्निङ १ करोड ११ लाख रुपैयाँले धनात्मक छ ।
कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ११ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, कम्पनीको रिजर्भ कोषमा १८ करोड ९४ लाख रुपैयाँ सञ्चित छ।कम्पनीले चैत मसान्तसम्ममा ४ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन तथा सापटी गरेर ४ अर्ब ८७ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४३ दशमलव शून्य ५ गुणा र प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा छ।समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३० पैसा छ।हाल कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख रुपैयाँ छ ।