सम्पदा लघुवित्तमा नयाँ सञ्चालक समिति,अध्यक्षमा प्रदीप सिग्देल
Last updated at 10:28 am
सम्पदा लघुवित्तको आठौं वार्षिक साधारणसभाबाट संस्थापक सञ्चालक चयन भएका छन् ।
शनिबार तनहुँमा सम्पन्न भएको सभाबाट संस्थापक सञ्चालकमा अर्जुनकुमार सिं, हरिप्रसाद डुम्रे, जीवमूर्ति पन्त र प्रदीप सिग्देल शर्मा निर्विरोध चयन भएका हुन् ।साथै सभाबाट निर्वाचित सञ्चालकहरुको उपस्थितिमा अध्यक्षमा प्रदीप सिग्देल चयन भएका छन्।
यस्तै, सर्वसाधारणका तर्फबाट भेषराज रोकाया र विनोद तमाङ चयन भएको कम्पनीले बताएको छ । त्यस्तै, सभाले अन्य लघुवित्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरेको छ ।
साथै, सभाले संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पास गर्नुका साथै सभाले चालू आवका लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको छ ।
साधारण सभामा शेयर सदस्यले राखेको जिज्ञासाका बारेमा कम्पनीका अध्यक्ष कृष्णबहादुर थापा तथा कम्पनी सचिव पवनकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले सहजिकरण गरेका थिए ।
कम्पनीको पूँजीकोष ८ दशमलव १५, खराब कर्जा ४ दशमलव ८०, ईपीएस १० रुपैयाँ ४८ पैसा, खुद नाफा ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ छ ।हाल कम्पनीको चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ छ ।