स्वाभिमान लघुवित्तद्वारा ५.२६% लाभांश घोषणा
Last updated at 03:24 pm
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/ ८१ को सञ्चित मुनाफाबाट ५.२६ प्रतिशत लाभांश घोषाणा गरेको छ।
गत बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँच प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ।हाल कम्पनीको चुक्तापूँजी १४ करोड ६१ लाख ३८ हजार ५८० रुपैयाँ छ ।
Visited 1 times, 1 visit(s) today